त्रि.वि. ३ वर्षे LL.B. प्रवेश परीक्षा (२०८२/०८३) : अनलाइन फाराम भर्ने सम्बन्धी विस्तृत जानकारी

कानून क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीहरूका लागि महत्वपूर्ण अवसर आएको छ। त्रिभुवन विश्वविद्यालय, कानून सङ्काय, डीनको कार्यालयले शैक्षिक सत्र २०८२/०८३ का लागि ३ वर्षे स्नातक (LL.B.) तहको प्रथम वर्षमा भर्नाका लागि प्रवेश परीक्षाको सूचना प्रकाशित गरेको छ

यस वर्ष त्रि.वि.ले आफ्ना आङ्गिक क्याम्पसहरूका साथै नयाँ शैक्षिक कार्यक्रम विस्तार भएका क्याम्पसहरूमा समेत गरी कुल ,८०० सिटका लागि आवेदन खुल्ला गरेको छ।

१. महत्वपूर्ण मितिहरू

  • अनलाइन फाराम खुल्ने मिति: २०८२ चैत ३० गते (सोमबार) देखि।
  • आवेदन दिने अन्तिम मिति: (डीन कार्यालयको विस्तृत सूचना बमोजिम हुनेछ)।

२. क्याम्पस र सिट विभाजन

यस पटक विद्यार्थीहरूले विभिन्न १२ वटा क्याम्पसहरूमा अध्ययन गर्ने अवसर पाउनेछन्:

काठमाडौँ उपत्यका भित्र:

  • नेपाल ल क्याम्पस, प्रदर्शनी मार्ग: ६०० सिट
  • पद्ममकन्या बहुमुखी क्याम्पस, बागबजार: ३०० सिट
  • भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर: ३०० सिट

उपत्यका बाहिरका प्रमुख क्याम्पसहरू:

  • पृथ्वीनारायण क्याम्पस, पोखरा: ३०० सिट
  • महेन्द्र बहुमुखी क्याम्पस, धरान: ३०० सिट
  • महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज: ३०० सिट
  • महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज: ३०० सिट
  • बुटवल बहुमुखी क्याम्पस, बुटवल: ३०० सिट
  • रा.रा.ब. क्याम्पस, जनकपुर: ३०० सिट
  • डिग्री क्याम्पस, विराटनगर: ३०० सिट
  • सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर: ३०० सिट
  • हरिखेतान बहुमुखी क्याम्पस, वीरगञ्ज: २०० सिट

३. आवेदन प्रक्रिया

इच्छुक विद्यार्थीहरूले कानून सङ्कायको आधिकारिक वेबसाइट www.fol.edu.np मा गई अनलाइन फाराम भर्नुपर्नेछ। फाराम भर्दा आवश्यक कागजातहरू (Academic Transcripts, Photos, etc.) डिजिटल प्रति तयार राख्न अनुरोध गरिन्छ।

४. किन गर्ने LL.B.?

LL.B. अध्ययनले केवल वकिल बन्ने बाटो मात्र खोल्दैन, यसले न्याय सेवा, सरकारी अधिकृत, कुटनीतिक सेवा, र कर्पोरेट क्षेत्रमा समेत करियर बनाउन मद्दत पुर्‍याउँछ।


थप जानकारी र तयारीका लागि

लोकसेवा, कानून (Law), र विभिन्न शैक्षिक जानकारीका लागि A2Z Online Institute सँग जोडिनुहोस्। हामी तपाईँलाई नियमित अपडेट र परीक्षा तयारीका सामग्रीहरू उपलब्ध गराउनेछौं।

सम्पर्क: A2Z Online Institute (नियमित अपडेटका लागि हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोला ! )


 

SHARE

0 Comments

Leave a Reply